राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त गरेकी छन्।मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
संविधानको धारा १६५ को उपधारा (१) को खण्ड 'ख' बमोजिम उनीहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। पदमक्त हुनेमा प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी, कर्णालीका प्रदेश प्रमुख गोविन्द प्रसाद कनौली र सुदूरपश्चिमका प्रदेश प्रमुख गंगाप्रसाद यादव छन्।