चीनिया दुतावासको सहयोगमा पोखराका चार विद्यालयमा ईन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ । कोरोना कहरमा विद्यालयमा राम्रो इन्टरनेट सुविधा नहुदा विद्यार्थीहरुले राम्रो सगँ पढ्न नपाएको भन्दै निःशुल्क ईन्टरनेट सुविधा प्रदान गरिएको हो ।
नेपाल–चीन जनमैत्री संघ पोखराको समन्वय तथा चीनिया दुतावासको आर्थीक सहयोगमा पोखराका जनचेतना मावि, जनजागृति मावि, शिशुकलल्याण मावि र भविष्य निर्माण माविमा निःशुल्क ईन्टरनेट सेवा जडान गर्न लागिएको हो । चीनिया राजदुत हउ यान्छीको भर्चुअल उपस्थितिमा सम्झौता भएको छ । सम्झौतामा नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखे र चार वटै विद्यालयका प्रधानाध्यापकहरुले मंगलबार पोखराको हस्ताक्षर गरेका छन् ।
चारवटै विद्यालयमा ईन्टरनेट जडानका लागि आवश्यक पर्ने अप्टिकल फाईबर केवल जडान, प्रत्येक कक्षामा आवश्यक पर्ने डिभाइस, विद्युत आपूर्ति नभएका बेलापनि ईन्टरनेट चलाउनका लागि ब्याकअप ब्याट्री र एक वर्षका लागि आवश्यक पर्ने ईन्टरनेट पोखरा ईन्टरनेटबाट निःशुल्क उपलब्ध गराईनेछ । यी सबै कार्यका लागि करीब २० लाख खर्च लाग्ने नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।