नेपालमा सामान्य मानिसको औसत आयु ७० वर्ष छ । सामान्यतया मानिसहरू एक सय वर्षसम्म बाचेको भन्ने हामीले सुनेका र देखेका छौँ । कतै कतै ११० वर्ष त कतै कतै ११६ वर्षसम्म बाचेको भन्ने समाचार पनि पढेका छौँ ।
सर्लाहीमा भने एक महिला १२६ वर्षसम्म बाचेको पाइएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. ३ बडकुर्वाका स्थानीय राजी महतो सुडीकी श्रीमती धनेश्वरीदेवि साह सुडी १२५ वर्ष ५ महिना बाच्न सफल भएकी हुन् ।
उनको यही कार्तिक ११ गते निधन भइसकेको छ । उनको जन्म वि.सं.१९५३ साल जेठ १५ गते भएको थियो ।
५ छोराकी आमा रहेकी धनेश्वरी छोरा र नातिहरूसँगै सगोलमै बस्दै आएकी थिइन् । जीवित रहँदासम्म उनी हिँड्ने र बोल्न गर्थिन् ।
उनका पति राजीको भने २६ वर्ष अघि नै निधन भएको थियो ।