मोटरसाइकल चोरी गर्दागर्दै २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ भिष्वाका सुरज सहनी र सुजित सहनी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई कार्तिक २३ गते वीरगञ्ज–१५ मा रहेको
नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना २९ प ६७९० नम्बरको पल्सरको लक तोडी चोरी गरी भाग्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय श्रीपुरले पक्राउ गरेको थियो ।
पक्राउ परेको दुबै जनालाई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।