नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो चुनावमा केपी शर्मा ओली गुटको ‘पत्तासाफ’ हुने दाबी गरेका छन् ।
बुधबार डडेल्धुरा सदरमुकाममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पाँच पार्टीको गठबन्धनले आउने चुनावमा ओली गुट पत्तासाफ पार्ने दाबी गरेका हुन् ।
उनले आउँदो चुनावसम्म पाँच दलको हालकै गठबन्धन कायम रहने पनि बताए । ‘अहिले पाँच दलको गठबन्धन छ । आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं । त्यो पाँचै दलबीच सहमति भइसकेको छ’, अध्यक्ष नेपालले भने, ‘केपी गुटको पत्तासाफ गरिदिनेछौँ ।’
उनले एमाले पार्टीको अब भविष्य नरहेको पनि तर्क गरे ।