राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाईको पूजा अर्चना गरेकी छन् ।
उनले बुधबार कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा आराधना गरेकी हुन् । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गरी मनाइँदैछ ।
छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ । अहिले यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रतालुको ठूलो भीड छ । भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्य देवको राधना, उपासना र पूजा गरिन्छ । यो पर्व सोमबारदेखि शुरु भएको हो ।