सर्वोच्च अदालत परिसरमा वकिल–प्रहरीबीच झडप भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिललाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।
झडपमा बार महासचिव लिलामणि पौडेल घाइते भएका छन् । उनको नाकमा चोट लागेको छ ।
झडपपछि अदालतमा वकिलहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन् ।
सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको छ ।