नेपाल बारले भोलि शुक्रबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले शुक्रबारदेखि जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने जनाएको छ ।
बिहीकार सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिललाई प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो । झडपमा बार महासचिव लिलामणि पौडेल घाइते भएका छन् । उनको नाकमा चोट लागेको छ ।
त्यसपछि आक्रोशित बनेको बारले जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
बारले शुक्रबार सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने पनि निर्णय गरेको छ ।
बिहीबार कानुन व्यवसायीहरूले सर्वोच्च परिसरमा भ्रष्ट प्रधान्यायाधीश राजीनमा देऊ, न्यायालयमा भ्रष्टाचार गर्न मिल्दैन, न्यायालय सुधार गर, अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर लगायतका नारा लगाए । सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको छ ।