प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनलाइन प्रणालीमार्फत हुन गइरहेको एक सय रुपैयाँ सङ्कलन अभियान आजैदेखि सुरु भएको छ ।
एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि खर्च जुटाउन पार्टीमा सङ्गठित साढे सात लाख सदस्यहरुले पार्टीको खातामा कम्तीमा एक सय रुपैयाँ सङ्कलन गर्नुपर्ने बताइएअनुरुप यसका लागि आवश्यक अनलाइन प्रणाली आजदेखि नै सुरु भएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
कम्तिमा एक सय रुपैयाँदेखि पैसा राख्न सजिलो खालको प्रणाली आजदेखि नै सुरु भएको छ । पार्टीका संगठित सदस्यहरु, शुभेच्छुक र समर्थकहरुले आफ्नो इच्छाअनुसार सहयोग गर्न सक्ने तामाङले बताए ।