पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ ।
रत्नराज्य क्याम्पसको गेटअगाडि अनेरास्ववियुले बिहीवार प्रधानमन्त्री देउवाको पुत्ला जलाएको हो । अनेरास्ववियुले जनताको ढाड सेकिने गरी बढाइएको मुल्य बृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।
अनेरास्ववियुका विद्यार्थीहरूले नाफाघाटा जान्दैनौं, मूल्य वृद्धि मान्दैनौं,’ ‘जनतामारा सरकार मुर्दावाद’, ‘मूल्य वृद्धि रातारात, मिलेमतो पाँच दलको, उठिबास जनताको’, ‘कालोबजारीहरू होसियार’, लगायत प्लेकार्ड बोकेर नाराहरू लगाए ।