काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आन्दोलनरत कानुन व्यवसायीको धर्ना छल्दै सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
उनी आज बिहान करिब १० बजेर ५५ मिनेटमा सर्वोच्च प्रवेश गरेका हुन् । सर्वोच्चको मूल गेटमा कानुन व्यवासायीहरू धर्नामा बसेका छन् । त्यसलाई छल्दै उनी महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको सर्वोच्चको अर्को गेटबाट भित्र प्रवेश गरेका हुन् ।
अहिले सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसअघि बारको विरोधको विरोध गर्दै केही व्यक्तिहरू आएपछि अवस्था तनावपूर्ण भएको थियो। झडपको अवस्था आएपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएर राखेको छ।