इटहरी उपमहानगपालिकाका मेयर द्वारिकलाल चौधरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) पार्टी प्रवेश गर्ने तयारीमा लागेका छन् ।
त्यसका लागि उनले एकीकृत समावजादी पार्टीका नेतासँगको भेटघाट र छलफललाई तीव्र बनाएका छन् ।
नेकपा एमालेबाट मेयर बनेका चौधरीले एक दिनअघि मात्रै नेकपा एसका प्रदेश १ अध्यक्ष तथा उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खानपान र भेटघाट गरेका थिए । सो भेट तथा खानपानको तस्बिर र भिडियो पनि सार्वजनिक भएको छ ।
चौधरीले शुक्रबार नेकपा एकीकृत समाजवादी (एस) पार्टी अध्यक्ष माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै स्वागत गरेका छन् । सो क्रममा चौधरीको पार्टी प्रवेशको विषयमा पनि छलफल भएको बताइएको छ ।
चौधरी निकट स्रोतले भन्यो, ‘मेयरपाप केहीदिनमै नेकपा एस पार्टी प्रदेश गर्नुहुन्छ । त्यसको तयारी स्वरुप अहिले भेटघाट र वार्ता विभिन्न चरणमा भइरहेका छन् ।’
उनी १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेसँग असन्तुष्ट बनेका छन् । उनले केही दिनअघि बसेको एमाले सुनसरीको जिल्ला कमिटी बैठकमा बोलिरहेका व्यक्तिको माइस खोसेका थिए ।