नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयमा हेरफेर भएको छ ।
पार्टीको स्थायी समिति बैठकले गरेको निर्णयअनुसार अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तथा विशेष प्रदेश समिति सदस्य रमेश मल्ललाई स्वकिय सचिवको नयाँ जिम्मेवारी दिइएको छ ।
यसअघि प्रचण्डको प्रमुख स्वकिय सचिवको जिम्मेवारी जोख बहादुर महराले लिएका थिए । महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ । महरा लामो समयदेखि दाहालको सचिवालयमा थिए ।
हाललाई प्रमुख स्वकीय सचिव नराखी स्वकीय सचिवका रुपमा पूर्व विद्यार्थी नेता रमेश मल्ललाई जिम्मेवारी दिइएको दाहालको सचिवालयले जनाएको छ ।
यसअघि प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा मल्लले सचिवालयमा बसेर काम गरेका थिए । दाहाल छोरी गंगा पनि स्वकीय सचिव छन् ।