प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना गर्न गइरहेको दशौं महाधिवेशनको प्रचारप्रसार कार्यलाई तीव्र बनाउने जनाएको छ ।
१०औं महाधिवेशनका सन्दर्भमा शुक्रबार पत्रकार सम्मेलनमार्फत एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले विगतमा भन्दा केही नयाँ ढङ्गबाट महाधिवेशन प्रचारप्रसारलाई अगाडि बढाइएको बताए । उनले प्रचारका लागि कपडाको व्यानर र भित्तेलेखन पनि नहुने बताए ।
महाधिवेशनमा वेबसाइट, फेसबुक पेजलगायत डिजिटल माध्यमलाई पनि बढी सक्रिय गराइनेछ ।
यससँगै देशैभरका सात सय ५३ वटा स्थानीय पालिकाहरुमा १०औं महाधिवेशन केन्द्रित छलफल गर्ने, काठमाडौं, चितवनलगायत प्रदेशका राजधानी केन्द्रित रही बुद्धिजीवी परिषद्ले छलफल चलाउने र मङ्सिर ७ गते सम्पूर्ण जिल्ला र प्रमुख शहरहरुमा मोटरसाइकल र्याली गर्ने एमालेले जनाएको छ ।