भेन्चुरिनी सुज नेपालले शनिबार पहिलो वार्षिकोत्सव मनाइरहेको छ ।
दरबार मार्गस्थित वन दरबार मलको भूई तलमा रहेको शोरुममा भेन्चुरिनी सुज नेपालले पहिलो वार्षिकोत्सव कार्यक्रम मनाइरहेको हो ।
पहिलो वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि प्रत्येक सामानमा २५ प्रतिशतसम्मको छुट दिइएको भेन्चुरिनी सुज नेपालका सुभेक्षा श्रेष्ठले जानकारी दिइन् ।
श्रेष्ठका अनुसार भेन्चुरिनी सुज नेपालले जुत्ता, व्याग, बेल्ट, पर्सलगायत यूरोपियन ब्राण्डको सामाग्रीहरु विक्रि गर्दै आएको छ । ब्राण्ड मन पराउने महिला पुरुष ग्राहकका लागि जुत्ता, व्याग, बेल्ट, पर्सलगायत उपलब्ध छन् ।
भेन्चुरिनी सुज नेपालले नेपाली ग्राहकलाई लक्षित गरेर थप स्तरिय सामानहरु भित्र्याइरहेको उनले बताइन् ।
भेन्चुरिनी सुजको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता नव सम्बृद्धि इन्टरप्राइजेज हो । यसको शाखा र उत्पादन देशभर पुर्याउने लक्ष्य रहेको सञ्चालन सुदीपचन्द्र बख्रेलले जानकारी दिए ।