भेन्चुरिनी सुज नेपालले शनिबार पहिलो वार्षिकोत्सव मनाएको छ ।
भेन्चुरिनी सुज नेपालले दरबार मार्गस्थित वन दरबार मलको भूई तलमा रहेको शोरुममा पहिलो वार्षिकोत्सव मनाएको हो । सो क्रममा चर्चित पत्रकार ऋषि धमला र उनकी पत्नी नायिका एलिजा गौतमले संयुक्त रुपम केट काटे ।
पहिलो वार्षिकोत्सव कार्यक्रममा बोल्दै पत्रकार धमलाले एक वर्षमा भेन्चुरिनी सुजले नेपालमा राम्रो छवि बनाएको बताए । राम्रो ब्राण्ड भित्र्याएकोमा आभार व्यक्त गर्दै धमलाले अझैं उत्कृष्ट बनाउन भेन्चुरिनी सुजलाई आग्रह गरे ।
नायिका गौतमले भेन्चुरिनी सुजको आफू पनि प्रयोगकर्ता रहेको जानकारी दिँदै सफलताको शुभकामना व्यक्त गरिन् ।
भेन्चुरिनी नेपालका अध्यक्ष राजु थापा क्षेत्रीले आफूहरु गुणस्तरीय उत्पादन र सेवाप्रति प्रतिवद्ध रहेको बताए । उनले गुणस्तरमा कुनै कमी आउन नदिने र यसैगरी सेवा प्रदान गरिने बताए ।
भेन्चुरिनी सुज नेपालका सञ्चालक सुदीपचन्द्र बख्रेलले नेपाली ग्राहकलाई लक्षित गर्दै थप स्तरीय सामान ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले नेपाली ग्राहकलाई सन्तुष्ट बनाउँदै भेन्चुरिनी सुजले नेपालभरि शाखा विस्तार गर्ने तयारी गरेको जानकारी दिए ।
भेन्चुरिनी सुजले पहिलो वार्षिकोत्सवको अवसरमा नेपाल आदर्श माविमा अध्ययनरत रजिन मगरलाई एक वर्षका लागि छात्रवृति प्रदान गरेको छ ।
भेन्चुरिनीका लागि एक मात्र आधिकारीक विक्रेता नव सम्बृद्धि इन्टरप्राइजेज हो । यसको शाखा र उत्पादन देशभर पुर्याउने लक्ष्य रहेको सञ्चालक बख्रेलले जानकारी दिए ।
भेन्चुरिनी सुजले पहिलो वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि प्रत्येक सामानमा २५ प्रतिशतसम्मको छुट दिएको छ । भेन्चुरिनी सुज नेपालले जुत्ता, व्याग, बेल्ट, पर्सलगायत यूरोपियन ब्राण्डको सामाग्रीहरु विक्रि गर्दै आएको छ ।
ब्राण्ड मन पराउने महिला पुरुष ग्राहकका लागि जुत्ता, व्याग, बेल्ट, पर्सलगायत उपलब्ध छन् ।