नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेडिसिटी अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि घरमै आराम गरिरहेका प्रचण्ड रक्तचाप नियन्त्रण नभएपछि अहिले मेडिसिटी अस्पताल भर्ना भएका हुन् ।
प्रचण्ड अस्वस्थ भएको कारण आज महोत्तरीमा आयोजना गरिएको कार्यक्रमसमेत स्थगित् गरिएको छ ।