प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्षमा सर्वोच्च अदालत अगाडि युवाहरुले नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
प्रधानन्यायाधीश जबराको पक्षमा र नेपाल बारको आन्दोलन बिथोल्न सर्वोच्च अगाडि युवाहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
मोटरसाइकल र्यालीसहित प्रदर्शनमा आएका युवाहरूले ‘न्याय बेच्न पाइँदैन’,लगायतका नारा लगाए ।
जबराको पक्षमा भएको प्रदर्शनलाई नेपाल बारले आफूहरुको आन्दोलन बिथोल्न भिजिलान्ते प्रयोग भएको आरोप लगाएको छ ।
सर्वोच्च अदालत परिसरभित्र प्रधानन्यायाधीश जबराको विरोधमा बारले प्रदर्शन गरिरहेको छ ।
कानून व्यवसायीहरुको अवरोधकै बिच आइतबार पनि प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरे । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको थियो ।
सम्बन्धित समाचारः वकिलहरुको अवरोधका बीच प्रधानन्यायाधीश छिरे सर्वोच्च
जबरा शुक्रबार पनि वैकल्पिक बाटो प्रयोग गर्दै अदालत छिरेका थिए ।
अदालत परिसरमा आज पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैतिरबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् । जबरालाई अदालत प्रवेश गर्नबाट रोक्न भन्दै कानून व्यवसायीहरु बिहान १० बजे अघिदेखि नै सर्वोच्चमा जम्मा हुन थालेका थिए ।