मन्त्रालय भागवण्डा र रोजेको मालदार मन्त्रालय नपाउंदा नेकपा(एस) सरकारमा सहभागि हुनेकि नहुने भन्ने बिषयमा अझै अनिर्णित छ ।
जसपासंगको सहमति बमोजिमको लेनदेन लमिल्दा प्रदेश २ सरकारमा नेकपा(एस)को सहभागिता अझै अनिर्णित भएको हो ।
यता, सत्ता जोगाउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी छलफल तथा मानमनौवलका लागि काठमाडौं पुगेका छन् ।
नेकपा(एस) का अध्यक्ष माधव कुमार नेपाललाई भेटेर २ मन्त्रालयमा मन्त्रीको टुंगो लगाईदिन मुख्यमन्त्री गद्दीले आग्रह गरेको श्रोतले जनाएको छ ।
गद्दीले नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय दिने प्रस्ताव गरेको बताइएको छ ।
प्रदेशसभामा १३ सांसद रहेको नेकपा(एस) ले भने अर्थ र सामाजिक विकास मन्त्रालय मागेका छन् ।
अर्थ मन्त्रालयमा जसपाका शैलेन्द्र साह मन्त्री छन् । गद्दीले भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई हटाएर उनको ठाउंमा नेकपा(एस) का सत्रुधन महतोलाई मन्त्री बनाउन तयार भएको बताईएको छ । सांथै कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय समेत नेकपा(एस) लाई नै दिने उनले बताईसकेका छन् ।
रामनरेशको बागी तेवर
मुख्यमन्त्री लालबाबु गद्दीले आईतवार काठमाडौं आउनु अगाडी पर्यटनमन्त्री रामनरेश रायलाई राजिनामा दिन मौखिक आदेश दिएको समाचारहरु आएको थियो ।
मन्त्री रायले भने आफुने राजिनामा नदिने बताईआएका छन् ।
उनले आफु पार्टिको निर्णयमा मन्त्री बनेको भन्दै मुख्यमन्त्रीले भनेकै आधारमा राजिनामा नदिने बताएका हुन् । सत्ता गठबन्धनका दललाई सहभागि गराउन राजिनामा दिने भए मुख्यमन्त्री गद्दीले समेत राजिनामा दिनुपर्ने उनको भनाई छ ।
तत्कालिन राजपाबाट मन्त्री बनेका राय मन्त्री पद बचाउनकै लागि जसपा टुक्रिदा महंथ ठाकुर समुहलाई धोखा दिएर उपेन्द्र यादव समुहलाई सांथ दिएका थिए ।
प्रदेशमा अहिने जसपाको नेतृत्वमा सरकार छ । सरकारमा कांग्रेस र माओवादी केन्द्र सहभागि छन् ।