घुस लिदै गरेका २ जना वडा सदस्यहरुलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले रंगेहांथ पक्राउ गरेको छ ।
मंगलवार सर्लाहीको इश्वरपुर नगरपालिका वडा नं. ११ का वडा सदस्यहरु सोनेलाल साह र उमेश रायले सडक ढलान सम्बन्धी कार्य सम्पन्नको सिफारिस गरेवापत एक लाख पचास हजार रुपया घुस लिदै गर्दा पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय बर्दिवासबाट खटिगएको टोलिले उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत लिएको घुस रकम सहित उनिहरुलाई पक्राउ गरिएको हो ।
उपभोक्ता समितिले सडक ढलानको काम सम्पन्न गरिसकेको र सोको भुक्तानिका लागि शिफारिस माग गर्दा वडा सदस्यदय साह र रायले घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियारको टोलीले उनिहरुलाई पक्राउ गरेको अख्तियार का प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका हुन् ।
उनिहरुलाई एक लाख पचास हजार रुपैया घुस सहित सर्लाही लालबन्दी स्थित कृष्ण इन्टरप्राइजेजबाट पक्राउ गरि थप अनुसन्धान गरिरहेका प्रवक्ता रिसालले जनाए ।