नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव उपत्यकामा न्युन देखिएको छ।
नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बन्द आह्वान गरेको हो। उपत्यकाका सडकहरुमा मगंलबार सार्वजनिक र निजी सवारीसाधनहरु गुडीरहेको देखिएका छन् भने आममानिसहरुको चहलपहल पनि उल्लेख्य नै देखिन्छ।
पसलहरु खुल्ने क्रममा छन् भने सडकमा सुरक्षाकर्मीहरुको उपस्थिती बाक्लो छ। सडकमा बन्दकर्ताहरु भने देखिएका छैनन्।
विप्लव नेतृत्वको पार्टीले यसअघि आह्वान गरेका बन्दहरु निस्प्रभावी देखिएकाले आजको बन्दको पनि खासै प्रभाव नपर्ने अनुमान गरिएको छ।
तस्विरहरू : सुरज डिजी खनाल