सर्वोच्च अदातलमा आज मङ्गलबारका लागि दश इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन् ।
सर्वोच्चका अनुसार आज प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोकेका छैनन् । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।
इजलास तोकिए पनि अदालतमा देखिएको विवादका कारण सुनुवाइ हुने/नहुने निश्चित छैन ।