रहस्यमयि आगलागिबाट घरवार गुमाएका बाराका अग्नि पिडितहरुलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सहयोग गरेको छ ।
बिहिवारदेखि अचानक लागेको आगलगिबाट घरवार गुमाएका बाराको कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वाका ६ परिवारलाई लोसपा बाराले सहयोग गरेको हो ।
लोसपा नेता जयप्रकाश साहको टोलिले घटनास्थलमै पुगि पिडितहरुलाई त्रिपाल, मेट, लत्ताकपडा लगायतका सामाग्रि सहयोग गरेका हुन ।
श्रोत नदेखिएको आगलगिबाट सो ठाउंका ६ घर पुर्ण रुपले जलेर नष्ट भएका हुन् । अति बिपन्न रहेका आगलागि पिडितहरुको दुःखमा मल्हम लगाउन आफुहरुले सकेजति सहयोग गरेको लोसपा नेता जयप्रकाश साहले बताए ।
आगलागि भएको ५ दिन बितिसक्दा समेत स्थानिय, प्रदेश र केन्द्र सरकारवाट मद्दत नपाएका पिडित परिवारलाई व्यक्तिगत रुपमै नेताहरुले सहयोग गरेका हुन ।
गत शनिवारदेखि ति घरहरुमा अचानक आगलगि भएको हो । एकासि घरको छानामाथि आगो सल्किएर ६ घर नष्ट भएको स्थानिय वडाध्यक्ष शंकर गुप्ताले बताए ।
काठ र माटोले निर्मित घरहरुमा आगो लाग्दा एकछिनमै ६ घरपरिवारको उठिबास भएको हो गुप्ताले बताए ।
कलैया उपमहानगरपालिकाका मेयर र जिल्लाका सिडियोले घटनास्थलको अनुगमन गरि सहयोगको आस्वासन दिएपनि हालसम्म कुनै सहयोग प्राप्त नभएको पिडितहरुले बताए ।
सरकारले सहयोग नगर्दा पिडितहरुलाई लोसपाका स्थानिय नेताहरु जयप्रकाश साह, शशिबाबु केशरी र सर्फुल्लाह अंसारी लगायतकाले व्यक्तिगत रुपमा सहयाग गरेका हुन् ।