महाराष्ट्रको बीडमा एक लज्जास्पद घटना सार्वजनिक भएको छ । यहाँ एक नाबालिग विगत केही महिनादेखी बलात्कृत हुँदै आएकी छन् ।
बलात्कारी एक, दुई, तीन जना होइन, चार सय जना थिए । यस विषयमा प्रहरीका मुद्धा दर्ता भएको छ । १६ वर्षीय एक नाबालिगसँग ६ महिनामा ४ सयभन्दा बढीले बलात्कार गरेको बताइएको छ ।
बीडका एसपी राजा रामास्वामीले पुरै घटनाबारे जानकारी दिँदै उक्त नाबालिग बालिकालाई ४ सय जनाले बलात्कार गरेको बताए । उनले भने, ‘यो सबै विगत ६ महिनादेखी चलिरहेको थियो ।’
यसमा प्रहरी पनि संलग्न भएको खुलासा भएको छ । पीडित बालिकाले बाल कल्याण समितिका प्रथम श्रेणीका मजिस्ट्रेटलाई भनिन्, ‘मलाई धैरे मानिसहरुले दुव्र्यवहार गरेको छ । उजुरी दिन म अम्बाजोगाई प्रहरी चौकी पटक पटक गएँ तर प्रहरीले उजुरी लिएन ।’
तर अहिले भने यस विषयमा प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ । यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म ३ जनालाई मात्रै पक्राउ गरेको छ ।
नाबालिग पीडित विवाहित र दुई महिनाकी गर्भवती छन् । उनको बयानका आधारमा बालविवाह ऐन, बलात्कार, दुव्यवहार र पोस्कोअन्तर्गत मुद्धा दर्ता गरीएको छ ।
प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । आजतकको सहयोगमा तयार पारिएको