मंगलबार नेप्से झण्डै ७० अंकले बढेको छ ।
मंगलबार ६९.२२ अंकले बढेर नेप्से २७८४.५८ को बिन्दुमा पुगेको छ ।
आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो ।
मंगलबार २२७ कम्पनीको एक करोड ९३ हजार २२१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
जसमा १७१ कम्पनीको शेयर मूल्य बढ्दा १५ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ ।