नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा साढे ५ करोड बढीको मुद्दा दायर गरिएको छ ।
राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले १२ जनाविरुद्ध ५ करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय माग दावी गर्दै उच्च अदालत तुल्सीपुर बुटवलमा मुद्दा दायर गरेको हो ।
रुपन्देहीको सिद्दार्थनगर–१३ स्थित कृष्टल बोटलर्स प्रा.लि.का सन्चालक फुलसिंह क्षेत्री, माउन्ट एभरेष्ट डिष्टिलरी प्रा.लि.का संचालक मृगेन्द्र गोविन्द श्रेष्ठ, सिद्धार्थनगर–३ का मोहमद साहिद अन्सारीसमेत १२ जनविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।
उनीहरूबाट चोरी पैठारी गरी ल्याएको नक्कली अन्तःशुल्क स्टिकर मदिरा उत्पादन गर्ने कृष्टल बोटलर्स प्रा.लि. तथा माउन्ट एभरेष्ट डिष्टिलरी प्रा.लि.लाई जारी भएको सक्कली अन्तशुल्क टिकटको सिरियल नम्बरसँग मिल्ने नम्बरका नक्कली अन्तशुल्क टिकटहरु बरामद भएको तथा भन्सार कार्यालयबाट जाँचपास भएको भन्दा वढी परिमारणमा मालवस्तु भेटिएकोले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको गरेको विभागको दाबी छ ।
यी हुन् मुद्दा दायर गरिएकाहरूः

