सत्ता टिकाउन जुनसुकै हदसम्म जानसक्ने प्रदेश२सरकार भ्रष्टाचारमा भने देशकै नम्बर एक भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा मुख्यमन्त्री लालबाबु राउत गद्दीको नेतृत्वको प्रदेश सरकार विरुद्ध सबैभन्दा बढी उजुरी परेको देखिएको छ ।
अख्तियारको प्रतिवेदनमा प्रदेश अनुसार प्रदेश २ सबैभन्दा बढि २४.५६ प्रतिशतm प्रदेश १ मा १२.५४ प्रतिशत, बागमती प्रदेशमा २२.५९ प्रतिशत, गण्डकी प्रदेशमा ७.१६ प्रतिशत र लुम्बिनी प्रदेशमा १३.७२ प्रतिशत, कर्णाली प्रदेशमा ७.९८ प्रतिशत र सुदूर पश्चिम प्रदेशमा ११.४५ प्रतिशत भ्रष्टचारका उजुरी परेको उल्लेख गरिएको छ ।
अख्तियारको बर्दिबास कार्यालय प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदेश प्रमुख मिश्रलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाउँदै प्रदेश २ मा परेका उजुरीहरुको प्रतिवेदन बुझाएका हुन् ।
भ्रष्टाचारमा देशकै पहिलो स्थानमा रहेको प्रदेश २ सरकारले भने सत्ता टिकाउन अनेकौ तिकडम अपनाउने गरेको पाईन्छ ।
गत महिना मात्रै मुख्यमन्त्री लालबाबु गद्दीकै कार्यालयबाट सञ्चालन हुने ‘बेटि पढाउ बेटि बचाउ’ अभियान अन्तर्गत छात्राहरुलाई प्रदान गरिने साईकल खरिदमा व्यापक भ्रष्टाचार भएपछी अख्तियारले छापा मारेर सो सम्बन्धी कागजात नियन्त्रणमा लिएको थिए ।
मंगलवार मात्रै अख्तियारको बर्दिवास स्थित प्रादेशिक कार्यालयका प्रमुखले प्रारम्भिक अनुसंधानमा साईकल खरिद काण्डमा अनियमितता देखिएको बताएका थिए ।
मुख्यमन्त्री कार्यालयमा छापा मार्दा कार्यकर्ता झिकाई जुलुस–नारा गरेका मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई भने अख्तियार प्रमुखको भनाईने ठुलो तमाचा परेको जानकारहरु बताउंछन् ।
उसोपनि संघिय समाजवादीबाट हाल परिवर्तित जसपालाई तत्कालिन राजपा संग मिलेर सरकार बनाउने म्यान्डेट जनताले दिएका थिए । तर व्यक्तिगत लोभ र अनियमितताको सरलिकरणका लागि उपेन्द्र यादव नेतृत्यको जसपाले ४ दलसंग गठबन्धन बनाई हाल सरकार सञ्चालन गरिरहेको छ ।
सत्ता टिकाउनकै लागि उपेन्द्र यादवको निदेर्शनमा मुख्यमन्त्री गद्दीले मंगलवार पर्यटनमन्त्री रामनरेश रायलाई समेत बर्खास्त गरिसकेका छन् ।
नेकपा एसलाई मन्त्रालयमा भागवण्डा दिनका लागि उनलाई राजिनामा दिन भनिएतापनि, रायले मुख्यमन्त्री स्वयमले राजिनामा दिनुपर्ने अडान राखेपछी उनलाई बर्खास्त गरिएको हो ।
प्रदेश २ का लगगभग हरेक मन्त्रालय भ्रष्टाचारमा डुबेको तत्य अख्तियारले देखाईरहंदा सरकार भने लाज नमानी सत्ता सञ्चालन गरिरहेको विष्लेशकहरुको आरोप छ ।
स्वयम मुख्यमन्त्रीमाथी नै भ्रष्टाचारको आरोप लागेको खण्डमा राजिनामा दिएरसहयोग पुर्याउनुको साटो कुर्सिमा बसेर अनुसंधान प्रभावित गर्नु लोकतान्त्रीक बिधि बिपरित रहेको बिष्लेशकहरुको बुझाई छ ।