मधेस आन्दोलनताका आफ्नो उखान टुक्काका कारण मधेसी समुदायमा आलोचित नेकपा एमालेका अध्यक्ष केपि ओलिले अहिले मधेसका हस्तिहरुलाई धमाधम पार्टीमा प्रवेश गराउंदै छन् ।
मधेससंग टाढिंएको सम्बन्धलाई प्रगाढ बनाउंदै उनि पुर्वदेखि पश्चिम सम्मका मधेशमा पकड बनाएका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराईरहेका हुन ।
नेता कार्यकर्ता भित्राउन आज पश्चिमी मधेसको नेपालगञ्ज पुगेका ओलीले त्यहांका हजारौ कार्यकर्ता भित्राउने भएका छन् ।
नेकपा एमाले श्रोतका अनुसार मधेसवादी दलमा आबद्ध भई हाल स्वतन्त्र समुह बनाएर राजनिति गर्दै आएका बांकेका पशुपति दयाल मिश्रलाई ओलिले एमालेमा प्रवेश गराउने कार्यक्रम छ ।
मिश्रसहित तत्कालिन फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, तत्कालिन तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठकल गायत तीन हजारभन्दा बढी विभिन्न पार्टीका नेता कार्यकर्ताहरुलाई ओलिले एमालेमा प्रवेश गराउन लागेको एमाले श्रोतले जनायो ।
गत २०७४ को आम निर्वाचनमा तत्कालिन तमलोपाबाट अलग भएका हृदेश त्रिपाठी समुहले पनि ओली कै आग्रहमा सुर्य चिन्हबाट चुनाव लडि विजयि भएका थिए । ओलिले त्रिपाठिलाई मन्त्री समेत बनाएका थिए ।
हाल कुनैपनि राजनितिक दलमा आबद्ध नरहेका त्रिपाठीपनि चुनावअघी एमालेमै प्रवेश गर्ने उनि निकटहरु बताउंछन् । त्रिपाठीको समुहमा रहेका पुर्वमन्त्री वृजेश गुप्ता लगायता नेताहरुलाई समेत ओलिले एमालेमा प्रवेश गराउन छलफल गरिरहेको बिस्वस्त श्रोतको दाबि छ ।
यसअघि पहिलो संबिधानसभामा रौटहटबाट स्वतन्त्र उम्मेदवार भई जितेका बब्बन शिंहलाई ओलिले एमालेमा प्रवेश गराईसकेका छन् ।
बाराका पुर्व कांग्रेसि तथा गत निर्वाचनमा झिनो मतान्तरले प्रदेशसभामा पराजित जलंधर शिंह र उनका सहकर्मिहरु यसअघी एमालेमा प्रवेश गरिसकेका छन् ।
नेपालि कांग्रेस पार्टीभित्रको आन्तरिक कलह, मधेशवादी दलहरुमा व्याप्त बिचलन र राजनितिक अवसर नपाएका मधेशका हस्तिहरुलाई चुनावअघी नै पाटीर्मा भित्राई तराई–मधेशमा एमालेलाई मजबुत बनाउने रणनितिका कारण ओली मधेश केन्द्रित भएको जानकारहरु बताउंछन् ।
सर्वोच्च अदालतको परमादेशअघि जसपाभित्रको महंथ ठाकुर समुहका ११ जना सांसदहरुलाई मन्त्री बनाएर ओलिले आफ्नो सम्बन्ध सुधार्ने प्रयास समेत गरेका थिए । तर परमादेशले सरकार ढलेपछि सो समन्वय समाप्त भएको थियो ।
यसअघी ओली प्रधानमन्त्री हुंदा स्वतन्त्र मधेशको माग राखि स्वराज अभियान चलाउंदै आएका जनमत पार्टीका प्रमुख डा.सिके राउतसंग सम्झौता गरि उनलाई मुलधारको राजनितिमा समेत ल्याएका थिए ।