देशभर पछिल्लो २४ घण्टामा थप ४१२ कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे।
बुधवार २०२ जना निको भएका छन्। त्यस्तै संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या ११ हजार ४८३ पुगेको छ भने कुल संक्रमित संख्या ९ लाख १३ हजार २५८ पुगेको र हालसम्म ७ लाख ९८ हजार ९१६ जना संक्रमणमुक्त भएकास्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ जना रहेका छन्।