प्रहरीले बल प्रयोग गर्दा १२ कानून व्यवसायी घाइते भएका छन् ।
घाइते हुनेमा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ समेत छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
अन्य घाइते हुनेमा बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत छन् । प्रहरीले हातपात गरेको भन्दै कानून व्यवसायी झन् आक्रोशित भएका छन् ।
बिहीवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका कानून व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको थिया । कानून व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेपछि सर्वोच्च अदालतको स्थिति तनावपूर्ण बनेको छ ।
अदालतमा एसएलआर बोकेका प्रहरी खटाइएका छन् ।
बिहिबार प्रधानन्यायाधीश जबरा छिर्ने अर्को गेटमा कानुन व्यवसायी जाने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा बल प्रयोग गरेर प्रधानन्यायाधीश छिर्ने गेटतर्फ अगाडि बढेका कानुन व्यवसायीलाई प्रहरीले रोकेको थियो ।
शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।
उनीहरुले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरी हटाउन माग गरेका छन् ।