जनता समाजवादी पार्टी नेपाल (जसपा) को मधेश प्रदेश समिति आज गठन हुंदैछ ।
विभिन्न आरोह, अवरोधका र पटक–पटकको प्रयासका कावजुद पनि गठन हुन नसकेको मधेश प्रदेश समिति सम्भवतः आज गठन हुन लागेको हो ।
हाल सो समितिको अध्यक्ष रहेका प्रदेश २ का कृषि मन्त्री विजय यादवले केहिदिन अगाडि समिको बैठकमै राजिनामा दिएका थिए । उनको राजिनामा पश्चात पार्टी नेतृत्वले भने अर्को समिति नबनुन्जेल अध्यक्ष भएर बस्न आग्रह गरेपछि उनले राजिनामा फिर्ता लिएका थिए ।
उपेन्द्र यादवले नेतृत्व गरेको जसपाको मुल राजनितिक केन्द्र प्रदेश २ नै भएकोले समिति निर्माणमा उनले बढि चासो राखेका छन् ।
प्रदेश कमिटि गठनकै लागि ३ पटक जनकपुर पुगिसकेका यादवले भने आफुले चाहे बमोजिमको नेतृत्व छनौट गर्न सकेनन् । प्रदेश समितिमा १ अध्यक्ष, १४ जना पदाधिकारी गरि जम्मा २ सय ५ जना को समिति गठन गनुपर्ने छ ।
आगामि निर्वाचनलाई केन्द्रित गरि गठन गर्न लागिएको समितिको अध्यक्षका लागि बिभिन्न दावेदारहरु भएतापनि उपेन्द्रले यादव थरकै आफ्नो घनिष्ट व्यक्तिलाई अध्यक्ष बनाउन खोजेको जसपा श्रोतको दावि छ ।
प्रदेश कमिटिको गठनमा बिभिन्न किसिमको अवरोध र अत्यधिक उम्मेदवार भएपछि अध्यक्ष पदका लागि १० जनाको नाम ‘शर्टलिष्ट’ गरिएको श्रोतको दाबि छ ।
शर्टलिष्ट गरिएका १० जना मध्ये ८ जना यादव थरकै छन् । प्रारम्भिक छनौटमै १० मध्ये ८ जना यादव थरका व्यक्ति राखिएपछि सोहि थरका व्यक्ति अध्यक्ष बनाईने मनसाय प्रष्ट देखिएको छ ।
छनौट भएका नामहरुमा बालकिशोर यादव, अशोक यादव, शेषनारायण यादव, रामबाबु यादव, ज्ञानेन्द्र कुमार यादव, शुशिल यादव, रामऔतार यादव, आनन्द यादव, रामप्रित पासवान र उर्मिला साहको नाम छ ।
अध्यक्ष र पदाधिकारी चयन गर्ने जिम्मा वर्तमानका अध्यक्ष विजय यादवलाई दिईएको छ । पदाधिकारी चयन गर्दा समावेशिताको ख्याल गर्न भनिएतापनि उपेन्द्र यादवको स्वजातिय राजनितिका कारण त्यसो हुने छांट नदेखिएको उनकै पार्टी एक नेताले बताए ।
यसअघिको बैठकमा उपेन्द्र यादवले भित्रि रुपमा बालकिशोर यादवको नाम प्रस्ताव गरेपछि निर्णय हुनसेको थिएन् ।
स्वास्थ्य पेशामा आबद्ध बालकिशोर यादव उपेन्दको पकेटका मान्छे भएको भनिने गरिएकाले उनिनै अध्यक्ष हुने श्रोतको दाबि छ ।