भन्सार छली ल्याएको खुद्रा तथा हाडवेयर सामानसहित प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–८ घण्टाघरस्थित सडकखण्डको बाटो हुँदै आइरहेको ना.६ ख १३७ नम्बरको मालवाहक ट्रकलाई भन्सार छली ल्याएको खुद्रा तथा हाडवेयर सामानहरूसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
खुद्रा तथा हार्डवेयरलगायतका मालवस्तुहरू भन्सार छली गरी रूपन्देही तर्फ लाँदै गरेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो । सो क्रममा ट्रकभित्र विलबिजक भन्दा बढी किराना तथा हार्डवेयर सामानहरू लोड रहेकोको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले मकवानपुरको राक्सीराङ गाउँपालिका–३ का ४० वर्षीय सुन बहादुर थिङलाई पनि पक्राउ गरेको छ ।
सामान तथा ट्रकको ५० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहीबार बारामा रहेको राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।