सर्वोच्च अदालतमा शुक्रबारका लागि १० इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि एउटा एकलसहित ९ संयुक्त इजलास तोकेका हुन् ।
आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाल, विश्वम्भरप्रसाद श्रेष्ठ र टङ्कबहादुर मोक्तान, डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मी, डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल, वमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाका लागि प्रधानन्यायाधीश जबराले संयुक्त तोक्नुभएको छ ।
साथै न्यायाधीश नहकुल सुवेदीका लागि एकल इजलास तोकिएको छ ।