जनता समाजवादी पार्टी नेपाल (जसपा) केन्द्रीय कार्यकारिणि समितिको बैठक पर्सी आईतवार केन्द्रिय कार्यालय काठमाडौंमा बस्दैछ ।
राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनसंगको सहकार्य र उम्मेदवार छनौट, आगामी चुनावको तयारी र सांसद प्रदिप यादवलाई सोधिएको स्पष्टिकरण लगायतको बिषयमा छलफल गर्न बैठक बस्न लागेको जसपा श्रोतले जनाएको छ ।
बैठकमा प्रदेश २ सरकारका मन्त्री रामनरेश रायलाई बर्खास्त गरिएको बिषयपनि उठ्ने बुझिएको छ ।
केन्द्रीय कार्यकारिणि सदस्य समेत रहेका बर्खास्त गरिएका मन्त्री रायले आफुलाई बिना जानकारी र निर्णय पदमुक्त गरिएको कारण खोज्ने बताईसकेका छन् ।
उनले मुख्यमन्त्री लालबाबु राउत गद्दीले पार्टीको निर्णय बिना आफुलाई बर्खास्त गरेको बताएका छन् ।
रायले पार्टीको निर्णय र निर्देशन बिपरित गद्दीले चालेको कदमको कडा बिरोध गर्ने संकेत दिएका छन् । कार्यकारिणि बैठकमा गद्दीसंग त्यसबारे स्पष्टिकरण समेत सोध्ने उनले बताए ।
‘म पार्टीको निर्णय र तत्कालिन राजपाबाट मन्त्री बनेको हुं, मुख्यमन्त्री लालबाबु गद्दीको कृपाले होईन’, पुर्वमन्त्री रायले भने– ‘मलाई बर्खास्त गर्ने गद्दी को हुन ?’
केन्द्रय नेतृत्वप्रति आफ्नो रोष्ट प्रकट गर्दै रायले जसपाको आधिकारिक्ता जोगाउन मुख्यमन्त्री गद्दी भन्दा आफ्नो भुमिका ठुलो रहेको र आगामि निर्वाचनमा गद्दीलाई मुख्यमन्त्रीको ‘फेस’ बनाई जाननहुने समेत बताए ।
दिउंसो ११ बजे बालकुमारी स्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणिको बैठकमा अर्को मुख्य मुद्दा भने पर्साका र्सासद प्रदिप यालवको हुने जसपा श्रोतको दाबि छ ।
आफुलाई मन्त्री नबाएको भन्दै केन्द्रिय नेतृत्व र खासगरी अध्यक्ष उपेन्द्र यादवको आलोचना गर्दै आएका सांसद यादवलाई पार्टीले स्पष्टिकरण समेत मागेको थियो ।
सांसद यादवको समर्थकहरुले केन्द्रिय कार्यालय र बिरगञ्जमा उपेन्द्र यादवको कडा बिरोध गर्दै पुतला समेत दहन गरेका थिए ।
पर्सा जिल्लामा उपेन्द्र यादवलाई प्रवेश निषेध गर्नेसम्मको घोषणा उनिहरुले गरेपछि सांसद यादवलाई स्पष्टिकरण सोधिएको थियो ।
यता सांसद प्रदिप यादवले आफुबारे छलफल वा निर्णय के हुने नहुनेबारे अनभिग्य रहेको बताए ।