प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित अमेरीकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेमा आफ्नो दलले अझै स्पष्ट धारणा नबनाएको बताएका छन् ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको टोलीसँग आज शुक्रबार शिष्टाचार भेट गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । सत्तापक्ष गठबन्धन दलले अझै एमसीसीबारे स्पष्ट धारणा बनाई विपक्षी दललाई सहयोगको आग्रह नगरेकाले सोबारे धारणा नबनाएको उनले भेटका बताए ।
एमाले नेता डा. राजन भट्टराईका अनुसार सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा अध्यक्ष ओलीले स्वास्थ्य, शिक्षा, विकास निर्माणका क्षेत्रमा अमेरिकी सरकारले गरेको सहयोगका लागि अमेरीकी सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।
भेटका क्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाललाई अमेरिकी सरकारको सहयोग निरन्तरता पाउने विश्वास दिलाए ।