नेकपा एकीकृत समाजवादीले प्रदेश २ मा मन्त्री बन्नेहरुको नाम टुंग्याएको छ ।
प्रदेश सरकारसंग गठबन्धन गरी सत्ता साझेदारी गर्ने निर्णय गरेको एकीकृत समाजवादीले सरकारमा पठाउने दुईनजा मन्त्रीहरुको नाम टुंग्याएको हो ।
प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश मामिला मन्त्रालय लिएर नेकपा एस जाने भएको हो ।
यसअघि सरकारमा जाने तय भएतापनि मन्त्रालय भागबण्डा नटुंगिदा नेकपा एस सरकारमा सहभागि भएको थिएन ।
सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीसंग मन्त्रालयको भागवण्डा मिलेपछि नेकपा एसले मन्त्री छानेको हो ।
सरकारमा प्रदेश २ मा संसदीय दलका नेता रहेका धनुषाका सत्रुधन महतो र सिराहाका प्रमोद यादव लाई मन्त्री बनाउने निर्णय गरिएको नेकपा एस सुत्रले जनाएको छ ।
महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्री बनाउने निर्णय भएको श्रोतले जनायो ।
पहिलेदेखि नै नेकपा एस संसदिय दलको नेता सत्रुधन महतो मन्त्री बन्ने पक्का भएपनि प्रमोद यादवको नाम पार्टीले अन्तिम समयमा छनौट गरेको बुझिएको छ ।
प्रदेश सरकारमा मन्त्री बनाउनुपर्ने मौखिक सहमतिमा एमालेबाट अन्तिम समयमा नेकपा एस कालागि सनाखत गरेका सांसद सुन्दर विश्वकर्मालाई भने पार्टीले मन्त्री बनाएन् ।
नेकपा सिंगै पार्टी हुंदा प्रदेशसभामा सचेतक रहेका विश्वकर्मा भने मन्त्री बन्नेमा ठुक्क रहेको अवस्थामा पार्टीले अर्कै नाम पठाउंदा पार्टीभित्र असंतुष्टि बढ्ने देखिन्छ ।
नेकपा एसलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री लालबाबु राउत गद्दीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई तीन दिन अगाडी बर्खास्त गरेका थिए ।
नयां बन्ने मन्त्रीहरुको सपथग्रहण कात्तिक ५ गते आइतबार दिउँसो २ बजे हुने प्रदेश सरकार स्रोतले जनाएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले नेकपा एसलाई सरकारमा ल्याउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई तीन दिन अगाडी बर्खास्त गरेका थिए ।