आगामि तिनै तहको निर्वाचन लक्षित अभियानलाई तिब्रता दिदै लोकतान्त्रीक सामाजवादी पार्टी नेपाल (लोसपा) प्रदेश २ मा एकल बहुमतको सरकार बनाउने योजनामा लागेको छ ।
प्रदेश २ नै राजनितिको मुल केन्द्रबिन्दु भएको लोसपाका नेताहरु अहिले जिल्ला–जिल्लामा संगठन निर्माण, पार्टी प्रवेश तथा प्रशिक्षणमा लागेका छन् ।
प्रदेश २ का पुर्वमन्त्री तथा लोसपा कार्यकारिणि सदस्य जितेन्द्र सोनलले बारामा अभियानलाई तिब्रता दिदैं लोसपालाई प्रदेश २ कै ठुलो पार्टी बनाई एकल बहुमतको सरकार बनाउने बताएका छन् ।
लोसपाद्धारा सदरमुकाम कलैयामा आयोजित प्रशिक्षण कार्यक्रमा पुर्वमन्त्री सोनलले कार्यकर्ताहरुलाई आगामि तिनै तहको निर्वाचन जित्ने लक्ष्यका सांथ अगाडि बढ्न निर्देशन दिएका छन् ।
मधेसको मुद्दालाई लोसपाले नै अगाडि बढाउने र अधिकार प्राप्तिको आन्दोलनलाई लक्ष्य सम्म पुर्याउने भन्दै जनताको बिचमा पुगि पार्टीको निति सिद्धान्तको बारेमा चर्चा गर्न समेत सोनलले कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।
‘अधिकारको लडाईं अहिले बांकि नै छ’, सोनलले भने– ‘मुद्दाको किनारा नलागुन्जेल हामि तयार भएर बस्नु पर्छ ।’
पार्टीमा जनतालाई जोड्न,निति र सिद्धान्तहरुको बारेमा जानकारि दिनुपर्ने भन्दै उनले गाउं–गाउंमा पुग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
‘जनताको अन्तिम घरसम्म पुग्नुस, कुरा राख्नुस’, उनले भने– ‘हामिले गरेका काम र गर्ने वाचा सबै भन्नुस, जनताले अवस्य सांथ दिनेछ ।’
आगामि निर्वाचनमा पार्टीलाई प्रदेशकै ठुलो र स्थानिय निकायमा सबैभन्दा बढी सिट जित्ने अभियानका उदघोषका सांथ होमिन उनले आग्रह गरे ।
लोसपाका स्थानिय नेताहरु जयप्रकाश साह, श्याम गुप्ता, संजय यादव, डा.कमरुल्लाह अंसारी, सर्फुल्लाह अंसारी, परमहंश केशरी, संतोष पटेल, पिंकि यादव, शशिभुषण केशरी, शम्भु गुप्ता लगायतकाले प्रशिक्षण तथा समन्वय गरेका थिए ।