सूर्यविनायक नगरपालिका–९ चामुथलीमा एक लाख लिटर क्षमताको पानी ट्याङकी निर्माण भएको छ ।
दिव्य डाँडा खानेपानी उपभोक्ता समितिले ३५० घरपरिवारलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ सो ट्याङकी निर्माण गरेको हो । सो ट्याङकीबाट स्थानीयवासीलाई पानी वितरणसमेत सुरु गरिएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले आज संयुक्तरुपमा उक्त ट्याङकीको उद्घाटन गर्दै पानी वितरणको शुभारम्भ गरे ।
त्यसैगरी, सूर्यविनायक नगरपालिका–८ जगाती, बाँसिडोल हुँदै सिपाडोल (भक्तपुर इँटा टायल पर्खालसँगै) जाने आठ मिटर चौडा सडक विस्तार र स्तरोन्नति सुरु भएको छ ।
सरकारको रु ४५ लाख उपभोक्ताको ५५ लाखको लागतमा निर्माण सुरु भएको सो सडकको सांसद बस्नेतले शिलान्यास गरे ।