भारत - राजधानी दिल्लीमा १७ बर्षीय नाबालिगले एक महिलाको हत्या गरेको डरलाग्दो घटना सार्वजनिक भएको छ । हत्यापछि ती नाबालिगले महिलाको गोप्य भागमा आगो लगाइदिए ।
प्रहरीका अनुसार फलामको रडले टाउकोमा प्रहार गरी हत्या गरेपछि शवलाई मारुती भ्यानमा राखेर डाबरी क्षेत्रमा फ्याँकिएको थियो । नोभेम्बर १५मा दिल्लीको डाबरी क्षेत्रमा एक महिलाको अपरिचित शव भेटिएको थियो । यस बिषयमा प्रहरीमा कुनै उजुरी पनि आएको छैन । त्यसपछि प्रहरीले हत्या प्रकरणलाई ध्यानमा राखी अनुसन्धान अघि बढायो ।
यस क्रममा प्रहरीले घटनास्थल वरपरका सीसीटिभी फुटेज पनि जाँच गरेको थियो । जसमा एक नाबालिग भ्यानबाट शव निकालिरहेको भिडियो कैद भएको छ । सिसिटिभी फुटेजबाट प्रहरीले नाबालिग बसेको स्थान पत्ता लगायो र उनलाई हिरासतमा लिई सोधपुछ गरेपछि उनले भने मृतक महिला विवाहित रहेको र आफूहरुबीच अवैध सम्बन्ध रहेको बयान दियो ।
केही दिन अगााडी झगडा भएपछि रिसमा महिलाको हत्या गरेको र हत्यापछि उनको शरीरको प्राइभेट पार्टमा गोप्य अंगमा आगो समेत लगाइ दिएको यी नाबालिगले बताएका छन् ।