नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो कोठामा गौतम बुद्धको फोटो र नेपालको झण्डा राखेकोप्रति एमाले नेता महेश बस्नेतले विरोध जनाएका हुन् ।
उनले सामाजिक शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रचण्डले आफ्नो कोठामा गौतम बुद्धको फोटो र नेपालको झण्डा राखेकोप्रति विरोध जनाएका हुन् ।
राष्ट्रियता र शान्ति प्रतिको प्रचण्डको आकर्षण बढेको र विगतमा क्रान्तिको नाममा गरेको राष्ट्रघात, हत्या, हिंसा र भ्रष्टाचारबाट अफुलाई सच्चाउन लागेको हो भने स्वागत योग्य कुरा हुने तर देखावटी हो भने जनतले नाटकै हो भन्ने बस्नेतले उल्लेख गरेका छन् ।
उनले लेखेका छन्ः
अचेल हरेक भेटघाट कार्यक्रममा क प्रचण्ड गौतम बुद्धको फोटो र नेपालको झण्डासहित बसेको देखिन्छ । राष्ट्रियता र शान्ति प्रतिको उहाँको आकर्षण बढेको र विगतमा क्रान्तिको नाममा गरेको राष्ट्रघात, हत्या, हिंसा र भ्रष्टाचारबाट अफुलाई सच्चाउन लागेको हो भने स्वागत योग्य कुरा हो । देखावटी हो भनेत जनतले भन्नेछन नाटकै हो ।