विश्वभरी योग विधिबाट उपचार र साधनाको शिक्षा दिईआएका भारतिय प्रख्यात योगगुरु स्वामी रामदेव केहिदिनदेखि नेपालमा छन् ।
आफ्ना सहयोगि तथा नेपाली मुलका भारतिय नागरिक, आचार्य बालकृष्ण सहित नेपालमा पतञ्जलीको व्यापार विस्तार तथा नेपालमा दुईवटा टेलिभिजनको उदघाटन गर्न रामदेव नेपाल आएका हुन् ।
निर्धारित कार्यक्रम पश्चात चन्द्रागिरी पुगेर जिपलाईनको सवारी तथा चन्दागिरी डांडामै योग शिविर सञ्चालन गरेका रामदेवले नेपाललाई योगको हब बनाउन आफुले निःशुल्क प्रचार–प्रसार गर्ने समेत बताएका छन् ।
तर समाजवादी केन्द्र नेपाल नामक एक संगठनले बाबा रादेवलाई तत्काल नेपाल छोडेर जान चेतावनी दिएको छ । सो संगठनले रामदेव सहित उनको पतञ्जली योगपीठलाई तत्काल सबै आयोजना छाडेर भारत जान चेतावनी दिएको हो ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो संगठनका अध्यक्ष युवराज सफलले यस्तो चेतावनि दिएका हुन् ।
अध्यक्ष सफलले पतञ्जली योगपिठद्धारा शुक्रवार काठमाडौंको मण्डिकाटारमा आयोजित २ वटा धार्मिक टेलिभिजनहरुको उदघाटन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्वप्रमहरु पुष्पकमल दाहाल, माधवकुमार नेताल लगायतका नेता तथा सरकारका बिशिष्ट मन्त्रीहरुको सहभागिताप्रति खेदप्रकट समेत गरेका छन् ।
सो संगठनले नेपालमा इजाजत नै नलिइकन आस्था नेपाल र पतञ्जली नेपाल नामक टेलिभिजनको उद्घाझटन भएको आरोप लगाएको छ । तर पतञ्जलीका प्रमुख आचार्य बालकृष्णले भने ईजाजत लिईसकेको बताएका छन् ।