नेपाल पत्रकार महासंघको सदस्य भई राजनितिक दलका संगठनमा पदाधिकारी वा सदस्य तथा प्रतिनिधि भएका पत्रकारहरुको सदस्यता खारेज हुने भएको छ ।
नेपाल पत्रकार महांसघले आज एक प्रेस विज्ञप्ती जारि गर्दै विभिन्न राजनीतिक दलको विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका आफ्ना सदस्यहरुलाई विधानबमोजिम कारवाही गर्ने जनाएको हो ।
विभिन्न राजनितिक दलहरुको आन्तरिक चुनावमा पत्रकारीता गरिरहेकै व्यक्ति उम्मेदवार बन्न थालेपछी देशैभर आलोचना हुनलागेको बेला महांघले यस्ता कडा निर्णय गरेको हो ।
महासंघले आफ्ना सदस्य वा पदाधिकारी रहेका त्यस्ता पत्रकारहरुलाई विधान उलंघन भएमा कारवाही हुनेतर्फ सचेत गराएको समेत गराईएको छ ।
महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तीमा राजनीतिक दलका विभिन्न समितिमा पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी तथा सदस्यसमेत उम्मेदवार बन्नु महासंघको विधान विपरीत रहेको भनी ध्यानाकर्षण गराईएको हो ।
राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने पत्रकारिताको विश्वव्यापी मान्यतालाई स्मरण गराउंदै महासंघले यस्तो निर्णय गरेको हो ।
महासंघले केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनैपनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा विधानबमोजिम उनिहरुको पद तथा महासंघको सदस्यता खारेज समेत गर्ने जनाएको हो ।
