प्रदेश २ का १ सय ३६ स्थानिय तह मध्ये २५ स्तानिय तहहरुले हालसम्म आफ्नो पालिकाको बनेत पेश गरेका छैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई समयमै बजेट ल्याउनका पटक–पटक परिपत्र गरेपनि उक्त पालिकाहरुले बजेट नल्याएको मन्त्रालयले जनाएको छ ।
अषाढ १० गतेसम्ममै बजेट ल्याउनुपर्ने भएतापनी स्थानिय तहहरुले मन्त्रालयको परिपत्रको बेवास्ता गर्दै बजेट नल्याएका हुन ।
बजेट प्रस्तुत नगर्नेहरुमा धनुषा जिल्लाका ६, रौतहटका ५, बाराका ४, सिरहा र पर्साका ३÷३, सप्तरीका २, महोत्तरी र सर्लाहीका १÷१ स्थानीय तह रहेका छन् ।
बजेट पेश नगर्नेमा धनुषाको जनपुर उपमहानगरपालिका, मिथिला विहारी नगरपालिका, हंसपुर नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, बटेश्वर गाउँपालिका र धनौजी गाउँपालिका रहेका छन् ।
यस्तै रौतहटको गरुडा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, वृन्दावन नगरपालिका रहेका छन् भने बाराको सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, पसौनी गाउँपालिका, विश्रामपुर गाउँपालिकाले पनि बजेट पेश गरेका छैनन् ।
त्यस्तै सिरहाको कल्याणपुर नगरपालिका, औरही गाउँपालिका र नरहा गाउँपालिका तथा पर्साको पोखरिया नगरापालिका, जगरनाथपुर गाउँपालिका, धोबीनी गाउँपालिकासँगै सप्तरीको छिन्नमस्ता गाउँपालिका र बलान विहुल गाउँपालिका, महोत्तरीको पिपरा र सर्लाहीको कौडेना गाउँपालिकाले पनि बजेट पेश गरेका छैनन् ।