भारतीय योगगुरु रामदेवलाई नेपालको पर्यटन सदभावना दूत बन्न प्रस्ताव गरिएको छ ।
योग पर्यटन प्रर्वद्धनमा मुख्य भूमिका निर्वाह गर्ने रामदेवलाई नेपाल पर्यटन बोर्डले उक्त प्रस्ताव गरेको हो ।
नेपाल भ्रमणमा रहेका उनलाई बोर्डले औपचारिक रुपमा यो प्रस्ताव गरेको कार्यकारी प्रमुख धनञ्जय रेग्मीले जानकारी दिए । बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवद्र्धनका लागि सद्भावना दूतको प्रस्ताव गरेसँगै उनले यस सम्बन्धमा निर्णय दिने जानकारी गराएको उनले बताए ।
नेपाल पर्वतारोहण र साहसिक पर्यटकीय गन्तव्य मुख्य हवको रुपमा हेर्ने गरिए पनि संस्कृति, प्रकृती, र आध्यात्मिक पर्यटनको प्रवद्र्धन गर्नु जरुरी भएको उनले बताए ।
बिहीबार नेपाल आउनुभएका योगगुरु रामदेवले शनिबार चन्द्रागिरिमा र आइतबार पशुपतिनाथमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए ।