परराष्ट्र मन्त्रालयको राहदानी विभागले जिल्ला तथा ईलाका प्रशासन कार्यालयहरुबाट वितरण हुंदै आएको नयां रानदानी वितरण कार्य बन्द गरेको छ ।
राहदानी विभागले मंसिर १ गतेदेखि बिधुतिय राहदानी (ई–पासपोर्ट) बितरण कार्य शुरु गरेकोले त्यसको पहुंच जिल्लासम्म पुर्याउन पुष (डिसेम्बरसम्म) १५ गतेसम्मका लागि नयां राहदानी वितरण बन्द गरेको हो ।
विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै हाललाई एमआरपी फारम संकलन गर्ने कार्म बन्द गर्न निर्देशन दिएको हो ।
बिभागले डिसेम्बर महिनासम्ममा सबै जिल्ला तथा ईलाका प्रशासन कार्यालयसम्म सेवा विस्तार गर्ने कार्य भईरहेकोले तत्काललाई सेवा बन्द गरेको जनाएको हो ।
अति आवश्यक अवस्थामा भने प्रमाण पेश गरी राष्ट्रिय परिचयपत्रको नम्बर पेश गरे दु्रत गतिमा लिइने पासपोर्ट सेवाका लागि फारम संकलन गरिने बिभागले जनाएको छ ।
ई–पासपोर्ट सेवा विस्तारको क्रममा हाल बिभागको त्रिपुरेश्वर स्थित नयां भवनबाट सिमित मात्रामा पासपोर्ट जारि गरिएको र ३ सातापछी पुर्ण रुपमा जारि गरिने समेत राहदानि विभागले जनाएको छ ।
त्यस्तै डिसेम्बर महिनापछी सम्पुर्ण जिल्ला तथा ईलाका प्रशासन कार्यालय र जनवरी महिनापछि बिदेशि नियोगहरुबाट समेत ई–पासपोर्ट सेवा सञ्चालनमा आउने बिभागले जनाएको छ ।
के हो ई–पासपोर्ट ?
हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विधुतीय राहदानीमा विधुतीय चिप र एन्टेना जडान गरिएको छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुनेछन । यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन ।
विभागले जारी गर्न लागेको पोलिकार्बोनेट सहितको विधुतीय राहदानी हो । पोलिकार्बाेनेट सहितको डाटापेजमा विधुतीय चिप र एन्टेना जडान गरिएको हुन्छ जुन आँखाले सहजै देख्न सकिदैन । यो तेश्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो ।
साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ । साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी छन् । अब जारी हुने राहदानीहरु कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, साधारण ३४ र ६६ पृष्ट सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुनेछन् ।