अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खोलेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय सीमा खोलेको जानकारी दिएका छन् । योसँगै अब डिसेम्बर १ देखि विद्यार्थी र दक्ष कामदार अस्ट्रेलिया जान पाउनेछन् ।
कोरोनाका कारण २० महिनादेखि सीमा बन्द हुँदा सयौँ नेपाली विद्यार्थी भिसा भएर पनि अस्ट्रेलिया जान पाएका थिएनन् । अब उनीहरु पनि डिसेम्बर १ अस्ट्रेलिया जान पाउनेछन् ।
नियमः
– सरकारले तोकेको मापदण्ड भने पूरा गर्नुपर्ने ।
– ३ दिनभित्रको कोरोना भाइरस नेगेटिभको प्रमाण भने पेस गर्नुपर्ने।
–पूर्ण खोप लगाएको हुनुपर्ने ।