जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवका पुत्र अमरेन्द्र यादवले पार्टी निति र निर्णय बिरुद्ध असन्तुष्टि जनाएका छन् ।
संघीय सरकारमा पार्टीबाट मन्त्री पठाउने विषयमा असंतुष्ट रहेका पर्साबाट निर्वाचित सांसद प्रदिप यादवलाई स्पष्टिकरण सोधिएको विषयमा अमरेन्द्रले मुख खोलेका हुन् ।
उनले पार्टी निणर्यको बिरोध गरेकै भरमा कार्यवाही गर्नु उचित नभएको बताएका छन् ।
सामाजिक संजालमा आफ्नो प्रतिक्रिया लेख्दै अमरेन्द्रले आन्दोलनबाट स्थापित पार्टीको निर्णय बिरुद्ध आवाज उठाउने नेतामाथी कार्यवाहीको प्रक्रिया चालिनु ठिक नभएको बताए ।
‘जनताबाट प्रत्यक्ष रुपा निवार्चित संगठन निर्माण मा अब्बल, अहिले प्राप्त पर्सा जिल्लाको चुनाव बिजय नेतृत्वकर्ता प्रदीप यादवजी लाई पार्टीले कार्यवाही गर्छु भन्नु विडम्बना हो’, अमरेन्द्रले भनेका छन– ‘हरेक पार्टीमा हरेक ब्यक्तिको आ–आफ्नो समर्थक हुन्छन, समर्थकले नेताको पक्षमा आन्दोलन नारा जुलुस गर्दैमा कार्यवाही गर्छु भन्नू गलत हो, यसले पार्टीलाई शक्तिशाली होइन शक्तिहीन बनाउने काम गर्छ ।’
जसपाबाट मन्त्री बन्ने लिष्टमा अग्रपंतिमा रहेका सांसद प्रदिप यादवलाई उपेन्द्र यादवको एकल निर्णयमा मन्त्री बनाईएको थिईएन ।
अध्यक्षको एकल निर्णको बिरुद्धमा सांसद यादवका समर्थकहरुले बिरगञ्जदेखि काठमाडौंसम्म उपेन्द्र यादवको बिरोध गर्नेदेखि पुतला दहनसम्म गरेका थिए ।
मन्त्री पद नपाउंदा आफ्नो असंतुष्टि जनाएका सांसद यादवलाई उपेन्द्र पुत्र अमरेन्द्रले सोबेला समेत सांथ दिएका थिए ।
पार्टीलाई मजबुत बनाउने युवा नेताहरुलाई सरकारमा समावेश नगराई अवसरवादी र समानुपातिकहरुलाई मन्त्री बनाएको भन्दै अमरेन्द्रले आफ्नो बिरोध जनाएका थिए ।
कालापानी, लिपुलेक र लिम्पियाधुराको बिषयमा बोलेकि तत्कालिन जसपाकि सांसद सरिता गिरिलाई पनि उरुलाई रिझाउनकै लागि भनेर कार्यवाही गरिनु पनि पार्टीको भुल भएको अमरेन्द्रले बताएका छन् ।
‘हिजो अरुलाई रिझाउन सरिता गिरी माथी गरिएको कारवाहीको पनी बिरोध गरेकोथें’, अमरेन्द्रले भने– ‘न लिम्पियाधुरा फर्कियो न प्रदीपजीलाई कारवाही गरी संगठनमा मनोबल आउंछ ।’
जसपा केन्द्रीय कार्यकारिणि समितिको हिजोदेखि काठमाडौंमा बैठक चन्दैछ । विभिन्न बिषयबस्तु सहित सांसद प्रदिप यादवबारे समेत निर्णय हुने बुझिएको छ । आज आएको उपेन्द्रपुत्रको धारणाले कारवाहीबारे थप छलफल हुने निश्चित रकेको जसपाका नेताहरु बताउंछन् ।
सांसद यादवलाई मन्त्री नबनाएको भन्दै उनका समर्थकहरुले पार्टी र पार्टी अध्यक्ष बिरुद्ध प्रदर्शन गरेपछि जसपाले सांसद यादवलाई ६ दिने स्पिष्टकरण सोधेको थियो । सांसद यादवले स्पष्टिकरण पत्रको जवाफ पठाईसकेका छन् ।