जनकपुर उपमहानगरपालकाले नगरभित्रको फोहरमैला संकलन कार्यलाई व्यवस्थित नगर्दा जनता हैरान छन् ।
पटक–पटको जानकारी, आग्रह–अनुरोध गर्दा समेत फोहर व्यवस्थापनका लागि उपमहानगरपालिकाले चासो नलिदा त्यहांका वडाध्यक्षहरु आन्दोलनमा उत्रेका छन् ।
वडा ४ र ७ का वडाध्यक्षहरु नगर प्रमुखको बेवास्ताको कारण नागरिक समस्यामा परेको भन्दै मेयरलालकिशोर साहको कार्यकक्षमा ताला लगाएका प्रदर्शनमा उत्रिएका हुन् ।
वडा ७ का अध्यक्ष जानकीराम साहले मेयरको लापरवाही र कर्मचारीहरुको बदमासिको कारण सरसफाई कार्य व्यवस्थित नभएको बताएका छन् ।
वडाहरुबाट निस्केको फोहरमैला संकलनका लागि ट्रयाक्टर समेत उपलब्ध नगराउंदा थुप्रिएको फोहरले जनजिवन अस्तव्यस्त भएको वडाध्यक्ष साहले बताए ।
नगरमा थुप्रिदैं गएको फोहोरले दुर्गन्ध बढ्दै गएको र त्यसको व्यवस्थापनका निम्ति आफहरुले पटक–पटक मेयरसँग आग्रह गर्दास समेत सुनुवाइ नभएपछि तालाबन्दी गरेर धर्नामा बसेको वडाध्यक्ष साहले जनाए ।
सरसफाई सम्बन्धी कुरा गर्न नगरपालिका कार्यालय सरसफाई कर्मचारीले दुव्र्यवहार समेत गरेकोसाहको आरोप छ ।
केहिदिनअघि फोहोरमैला व्यवस्थापन नगरेको भन्दै बिभिन्न वडाका अध्यक्षहरुले मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारेर प्रदर्शन गरेका थिए ।