प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउन माग गर्दै कानुन व्यवसायीले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गर्दै सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो ।
न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यका लागि प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन बारले माग गरेको छ ।
जबराकै कारण न्यायपालिकामाथिको विश्वास गुम्न थालेको र अदालतमा विसंगति मौलाएको बारको आरोप छ ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेकाले आफूहरु सभामुखसमक्ष आएको बताए ।
जबराको राजीनामा माग्दै बारले विगत एक महिनादेखि सर्वोच्च अदालतमा धर्ना दिँदै आएको छ ।