प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
बैठक मंगलबार बिहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बैठकमा १०औं महाधिवेशनका लागि केन्द्रीय कमिटी बैठकले विधानअनुसार मनोनित गर्न पाउने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने कार्यालय सचिव तामाङले बताए ।
आज पार्टीका शीर्ष नेताहरु व्यस्त रहेको र तयारी नपुगेकाले बैठक सारिएको तामाङले बताए ।
मंगलबार बस्ने बैठकमा चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुन गइरहेको १०औं महाधिवेशनको तयारीका बारेमा समिक्षा गर्ने तथा व्यवस्थापकीय कामलाई चुस्त बनाउनेबारेमा थप छलफल हुनेछ ।